यसरी बिताउनेछन् चिनिया राष्ट्रपति सीले नेपालमा १९ घण्टा

Posted on: 11 Oct, 2019

असोज २४, काठमाडौँ । चिनिया राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनिया राष्ट्रपति नेपाल आउने भएका हुन् । 

चिनिया समकक्षीको २३ बर्ष पछि हुन लागेको भ्रमणलाई नेपालमा भव्य स्वागतको तयारी भईरहेको छ । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए, त्यसपछि २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो ।

यस्तो छ सीको भ्रमण तालिका

चिनियाँ राष्ट्रपति सी शनिबार बेलुकी ४:३० बजेदेखि ५:३० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । 

त्यसपछि राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६:३० बजे भेटवार्ता गर्नेछन् । सो अवसरमा दुई देशीबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श हुनेछ ।

त्यसपछि करिब ७:३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । रात्रिभोजसँगै उनको शनिबारको कार्यक्रम सकिनेछ ।

आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । जुन वार्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०:३० बजे द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने प्रारम्भिक कार्यक्रम छ । त्यसक्रममा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् । राष्ट्र सी नेपाली समयअनुसार १२:३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२:३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!