नवलपरासी प्रहरीद्वारा बिहीबार राति विप्लव समूहका दुई जना पक्राउ

Posted on: 18 Oct, 2019

कात्तिक १, नवलपरासी | जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।

नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । 

बुधबार मध्यरातमा पनि विप्लव समुहका २१ जना नेताहरुलाई दाङ जिल्ला प्रहरीले बैठक स्थलबाटै पक्राउ गरेको थियो । दाङको राजपुर गाउँपालिका-४ मुग्रेठा खोलास्थित जंगलको बीचमा विप्लब नेतृत्वको नेकपाको मध्यपश्चिम कमाण्डको बैठक बस्दै गर्दा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!