कत्तिक १३ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

Posted on: 24 Oct, 2019

कात्तिक ७, काठमाडौँ | सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ । 

केहि दिन अघि काठमाडौं उपत्यकाका नेवार समुदायका सांसदले किजापूजा (भाइटीका) का लागि कात्तिक १३ मा पनि विदा दिन माग गरेका थिए । काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेश सांसदको एक टोलीले गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कात्तिक १३ गते पनि विदा दिन माग गरेका थिए । यसअघि सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेको थियो । 

गत आइतबार सांसदहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार कात्तिक १३ गते विदा उल्लेख नभएकाले यसलाई मन्त्रिपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिएका थिए । 

नेवाः समूदायको परम्पराअनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ । नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वत नयाँ वर्ष ११४० कात्तिक १२ मा छ । त्यो दिन नेवाः समूदायले दिनभरी धुमधामसँग नेपाल सम्वत मनाउँछन र बेलुका म्हपूजा गर्छन् । नेवाः समूदायले भाईटीका बेलुका लगाउने चलन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!