बालविकास समाजले रामेछापमा सञ्चालन गरेको कार्यक्रमको अनुगमन

Posted on: 17 Mar, 2016

चैत ४ गते, रामेछाप ।  बालविकास समाजले रामेछाप जिल्लामा सञ्चालन गरेको कार्यक्रमको बुधबार अनुगमन गरिएको छ । समाजले जिल्लाको भटौली र पकरबास गाविसमा विद्यालय तथा समुदायस्तरमा सञ्चालन गरेको कार्यक्रमको अनुगमन गरिएको हो । संस्थाले विद्यालयस्तरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, खेल सामाग्री, अस्थाई सिकाई केन्द्र निर्माण लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ भने समुदायमा सचेतना र आयआर्जनको लागि सहयोग गर्दै आएको छ । त्यसैगरी संस्थाले इट्टाभट्टामा काम गर्न जाने विद्यार्थीहरुलाई विद्यालयमा पढ्न वातावरण निर्माणको लागि सहयोग गर्दै आएको छ । संस्थाले हालको मन्थली नगरपालिकामा पर्ने साविकको भटौली र भलुवाजोर गाविस तथा पकरबास, राकाथुम र खनियापानी गाविसमा सहयोग गर्दै आएको छ । अनुगमनको क्रममा कृषि, पशु, शिक्षा, घरेलु, महिला बालबालिका लगायतका सरोकारवाला सरकारी कार्यालय तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!