बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

Posted on: 07 Nov, 2019

कार्तिक २१, बैतडी | नेपाली भुमि भारतले आफ्नो नक्सामा राखेपछि देशव्यापी प्रदर्शन भइरहेको बेला बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ | जिल्लाको पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले राताशिला चिहानघाटमा मोदीको पुत्ला दहन गरेको स्थानीयले जानकारी दिए |

 ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुतला दहन गरेका थिए | भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ |

भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!