त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा श्री र यती एयरलाइन्सको जहाज ठोक्कियो

Posted on: 08 Nov, 2019

कात्तिक २२, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री र यती एयरलाइन्सको जहाज ठोक्किएका छन् | विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो |

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले जानकारी दिए | जहाजमा सामान्य क्षति भएको उनले बताए ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!