बहुविवाह गरे निजामति कर्मचारीको जागिर बर्खास्त हुने

Posted on: 01 Dec, 2019

मंसिर १५, काठमाडौं | सरकारले बहुविवाह गर्ने निजामति कर्मचारीलाई बर्खास्त गर्ने गरी कानुन बनाउने भएको छ | संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था गर्न प्रतिवेदन बनाएको छ |

अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने ब्यवस्था रहेको छ | सरकारले बहुविवाह अन्त्य गर्ने उदेश्यका साथ् ले निजामति सेवासम्बन्धी विधेयकमा फौजदारीसंहितामा जस्तै ब्यवस्था राख्न खोजेको हो | ति व्यक्ति कर्मचारी छन् भने स्वत जागिर बर्खास्त हुने छ |

प्रस्तावमा भ्रष्टाचार गरेमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा, बहुविवाह गरेमा, जासुसीसम्बन्धी कसुर गरेमा, नागरिकता, उमेर र योग्यता ढाँटेर जागिर खाएमा, शरीर बन्धक, बहुविवाह, जवरजस्ती करणी तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा त्यस्ता कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने उल्लेख गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!