गढीमाई दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ घाइते

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाडौं | बाराको प्रसिद्ध गढीमाई मेलाको दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटना भएको छ | दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् | गढीमाईबाट बर्दिवासतर्फ आउँदै गरेको ना ५ च १२२७ नं. को पिकअप जिप अनियन्त्रित भई दुर्घटना भएको हो |

मृत्यु हुनेमा भारत सिताही घर भएर (जनकपुरमा पाहुना आएकी) ७० वर्षीया बरतनिया महतो र धनुषाधाम नगरपालिका-२ की ८० वर्षीया शकुन्तला देवी साह रहेका छन् | दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ |

जिप् र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!