जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ

Posted on: 05 Dec, 2019

मङ्सिर १९, लहान | जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई इटारीप्रसाईंबाट पक्राउ गरिएको हो । मण्डललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!