डडेल्धुरामा एक वृद्ध मृत फेला

Posted on: 05 Dec, 2019

मंसिर १९, डडेल्धुरा | डडेल्धुरामा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् | जिलाको परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्ध मृत अवस्थामा फेला परेका हुन् | इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार आलिताल गाउँपालिका–४ मेलगाँजाका ७२ वर्षीय उदय कामी हुन् |

बिहिबार दिउँसो घाँस काट्ने महिलाहरुले उनको शव फेला पारेको इप्रका प्रमुख प्रहरी निरिक्षक जनक बहादुर मल्लले बताए | डोटिको दानकोट पुर्ख्यौली घर भएका मृतक कामी विगत २० दिन देखि हराईरहेका थिए|

उनी विगत १ वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेका बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!