युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा स्वास्थ्य इन्चार्ज पक्राउ

Posted on: 08 Dec, 2019

मंसिर २२,रौतहट | रौतहटमा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक हेल्थपोष्ट इन्चार्ज पक्राउ परेका छन् | पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत  ४५ वर्षे स्वास्थ्यकर्मी सुधिरकुमार सिंह रहेका छन् |

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार बलात्कार घटनामा संलग्न रहेका सुधिरकुमार सिंहलाई पक्राउ गरिसकेको छ | आज अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान गरिने छ | मंसिर १७ गते चितवनकी एक ३० वर्षिया महिला घुम्न रौतहट पुगेकी थिइन् | उनी घर फर्कनेक्रममा गाडी खोजीमा सडकमा स्वास्थ्यकर्मी सिंहसँग भेट भएपछि ति महिलालाई गाडी चढाउन सहयोग गर्छु भन्दै आफ्नो मोटरसाइकलमा राखेका थिए |

उनले आफु कार्यरत स्वास्थ्य संस्थामा ती महिलाला पुर्याए | र रातभरी स्वास्थ्य सस्था भित्र थुनेर बलात्कार गरेको उजुरी ति महिलाले दिएकी छन् | घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ | उक्त घटना भएको दुई दिनपछि ति युवतीले  सिंहमाथि कारवाहीको माग गर्दै जाहेरी दिएकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!