कैलालीको अत्तरिया बसपार्कमा बैतडीका एक जना मृत फेला

Posted on: 09 Dec, 2019

मंसिर २३, कैलाली | कैलालीको अत्तरिया बसपार्कमा एक जना मृत फेला परेका छन् |  गोदावरी नगरपालिका वडा नं २ स्थित अत्तरिया बसपार्कमा बैतडीको मल्लादेही ८ बस्ने ४४ बर्षिय दामोदर सिंह धामी सोमबार 

मृत फेला परेका हुन् |

एक सातादेखि प्रतिक्षालयमा बस्दै आएका धामीको मृत्यु भएको प्रहरीले जनाएको छ | मृत्युको कारण भने खुलेको छैन | शव पोष्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याईदैछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!