दाङमा १२ जना जुवाडे पक्राउ

Posted on: 16 Dec, 2019

मंसिर ३०, दाङ | दाङमा १२ जना जुवाडे पक्राउ परेका छन् | जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–६ स्थित  एलेक्सी जोन पुलहाउसमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले ५८ हजार  ५  सय  रुपैयाँ नगदसहित पक्राउ गरेको हो |

 तुल्सीपुर ८ बस्ने ३५ बर्षीय टेकबहादुर घर्ती, सोही स्थानका ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुडाथोकी, अजय बस्नेत,  तुल्सीपुर–१८ बस्ने बर्ष २७ का लक्ष्मण गिरि, तुल्सीपुर ५ का २६ बर्षीय शिवकुमार ओली पक्राउ परेका छन् |

प्रहरीका अनुसार बर्ष २८ का सिद्धान्त गुरुङ्ग,  सोही उमेरका रुपेशकुमार गुप्ता, बर्ष २९ का  बर्ष २९ का  सन्दिप सेर्पाइली ,  तुल्सीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ घरभई तुल्सीपुर ५ बस्ने बर्ष २९ का रञ्जित श्रेष्ठ पक्राउ परेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!