सिरहामा मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौं | सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ | उनलाई सेवा ग्राही संग घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको हो |

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मण्डलका अनुसार मण्डलले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम भ्रष्टाचार पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको हो |

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम जरिवाना र कैद सजाय र ५ लाख रुपैयाँ विगो मागदावी गरिएको आयोगले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!