काठमाडौँको वनस्थलीमा माइक्रोको ठक्करबाट एक पुरुषको मृत्यु, पहिचान नहुँदा शव अलपत्र

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौं | काठमाडौँको वनस्थलीमा माइक्रोको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ | बा ६ झ ९२१९ नम्बरको माइक्रोको ठक्करबाट आइतबार अन्दाजी ४०/४२ वर्षका पैदलयात्रु गम्भीर घाइते भएका थिए |

उनलाई उपचारका लागि शुभेच्छा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइला लगिएकोमा थियो | उनको सनाखत नहुँदा शव अलपत्र परेको छ | महानगरीय प्रहरी वृत्त, बालाजुका अनुसार उनको परिवार वा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको छैन |

ज्यान गुमाउने व्यक्तिलाई चिन्ने कोही भए, प्रहरीमा सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ | चालक विरुद्ध भने सवारी ज्यान अन्तर्गत मुद्दा चलाइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!