दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 18 Dec, 2019

मंसिर २, दाङ |  टिपरको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवा निवासी २३ वर्षीय शिवराज डाँगी रहेको प्रहरीले जनाएको छ | 

पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा भन्ने स्थानमा पश्चिमतर्फ आउँदै गरेको लु २ ख ९८३ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको रा ५ प ७१५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते डाँगीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको उनका आफन्तले बताएका छन् | मोटरसाइकलको पछाडि सवार सोही ठाउँ निवासी १९ वर्षीय सुमन अधिकारी भने घाइते छन् | प्रहरीका अनुसार बुधबार बिहान साढे ५ बजेतिर उक्त दुर्घटना भएको थियो | 

ठक्कर दिएलगत्तै फरार भएको टिपरलाई दाङकै लमही नगरपालिका वडा नं. ५ फल्कापुरको एक इँट्टाभट्टाभित्र दिउँसो मात्रै फेला पारिएको प्रहरीले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!