शीतलहर र हुस्सुका कारण तराईको जनजीवन कष्टकर

Posted on: 18 Dec, 2019

पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित लहर र हुस्सुका कारण दैनिक जीवनमा निकै समस्या परेको छ |


मंसिरको अन्तिम साता तिर परेको पानि र हिउँका कारण अहिले झनै चिसो बढेको हो | तराइका जिल्लाहरु दाङ, कपिलवस्तु, रुपन्देहि,बारा,पर्सा,बाँके,बर्दिया,कैलाली,कंचनपुर लगायतका भूभागहरुमा अत्याधिक हुस्सु र सितलहरका कारण सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका तथा काम गरेर खाने मजदूरलाई समस्या परेको छ | चिसोबाट जोगिन गाउँ घरतिर मानिसहरुले आगोबालेर बसे पनि शहरी जीवन भने झनै कष्टकर बनेको छ |


शीतलहरले हिउँदे बालीलाई समेत नोक्सान पुर्‍याएको छ। भर्खरै उम्रिँदै गरेको गहुँ, टमाटर, आलु, प्याज, लसुन, मसुरो तथा पाक्ने तयारीमा रहेको तोरी बाली पनि कुहिन थालेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!