गोरखामा जिप दुर्घटना,पाँच जना घाइते

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौँ | गोरखामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् | मंगलबार बिहान १० बजे गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप पालुङटार नगरपालिका–६ बूढीचौरमा दुर्घटना भएको हो |

जिपमा सवार सात जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ | एकजनाको अवस्था भने गम्भीर रहेको छ भने  दुई जना भने सकुशल रहेका छन् |

घाइतेको उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!