नेपाली युवतीलाई भारतमा बलि चढाउने यस्तो गम्भीर योजना

Posted on: 25 Dec, 2019

पुस ९, काठमाडौं | भारतीय एक धार्मिक गुरुको आश्रममा नेपाली युवतीलाई  बलि दिने योजना प्रहरीद्वारा असफल पारिएको छ | भारतमा लगेर बलिदिन तयारी बनाएकी ति युवतीले प्रहरीको सहयोग लिएपछि उक्त योजना असफल भएको हो | यसबारे प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ | सात जनापक्राउ परेका छ |

पक्राउ पर्नेमा दुई महिला र पाँचजना पुरूष रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ | केही समयअघि काठमाडौंमा एक ‘र्‍याम्प शो’ गर्ने भन्दै अग्ला कदका युवतीको खोजी सुरु भयो | युवतीको उचाई साढे भने ५ फिटदेखि ६ फिटसम्म हुनुपर्ने बताइएको थियो | डिजाइन हाउसले युवतीको खोजि गर्ने क्रममा एक युवती फेला परिन | काठमाडौँमै कार्यक्रम गर्ने भनिएपनि उनलाई  विराटनगरमा कार्यक्रम गर्ने बताइयो | उनले शंका लागेर यसबारेमा प्रहरीलाई जानकारी गराइन | प्रहरीले यसबारे अनुसन्धान थालेको छ |

प्रहरीका अनुसार ति युवतीलाई  प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने बताइएको थियो | युवती संगै सादा पोशाकमा प्रहरी पनि संगै गए | उनलाई विराटनगर लागेपछि विभिन्न धार्मिक बस्त्र पहिर्‍याइयो | उनलाई फेरी भारत जानु पर्ने बताए पछि प्रहरीले सात जनालाई पक्राउ गर्यो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!