मकवानपुरको जंगलमा आगोको मुस्लो

Posted on: 25 Dec, 2019

पुस ९, काठमाडौं | मकवानपुरको जंगलमा आगोको मुस्लो देखिएको छ |  बुधबार बिहान बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा आगोको मुस्लो देखिएको हो |

चापकी भन्ने ठाउँमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् | बस्तीबाट टाढा भएकाले के जलेको भन्नेबारे थाहा भएको छैन | प्रहरी घटना स्थल तर्फ गएको मकवानपुर प्रहरीले जनाएको छ |

आगोको मुस्लो देखिएपछि विमान दुर्घटना भएको आशंका गरेपनि त्रिभुवन विमानस्थल कार्यालयले सबै विमानहरु सम्पर्कमा रहेको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!