यस्तो अमानवीय हर्कत, नेपाली युवतीलाई भारतमा बलि चढाउँन लगियो !

Posted on: 26 Dec, 2019

पुस १०, काठमाडौं | नेपाली एक युवतीलाई बलि दिने योजाना बनाएका सात जनालाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ | नवलपरासी कावासोतीका कृष्ण तामाङ, सप्तरी राजविराजका उमेश साह, दाङ घोराहीकी दिलकुमारी बूढामगर, मोरङ विराटनगरका दिलिप पोदार, धादिङ झार्लाङका प्रेमा तामाङ र सुनसरीका रंजितकुमार चौधरीलाई काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो |

भारतको बिहारका एक बाबाले ६ फिट उचाई भएकी एक नेपाली युवतीलाई बलि चढाउँका लागि मोटो रकम दिने प्रलोभनमा पहिचान गरेर ल्याउन बताएका थिए | युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन् देखाएर लागेको थियो |

उनीहरुको प्रश्ताव स्वीकार गरेकी युवतीले शंका लागे पछि प्रहरीलाई  मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो | युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गर्यो |

घटनामा संलग्न रहेका हरुले युवतीलाई भारत पुर्याएवापत आफूहरुलाई राम्रो रकम दिने प्रलोभन दिइएको भएपनि के र किन युवती चाहिएको हो थाहा नभएको बताएका छन् उनीहरुमाथि सात दिनका लागिअदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ |

हेर्नुहोस प्रहरीको बिज्ञप्ति यस्तो छ :-


यस बिषयमा तपाइको प्रतिक्रिया...!