काठमाडौँको तारकेश्वरमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 27 Dec, 2019

पुस ११, काठमाडौँ | काठमाडौँमा टिप्पर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ | तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा दुर्घटना भएको हो | चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्गको मृत्यु भएको हो |

शुक्रबार काठमाडौंबाट फोहोर बोकेर  नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ | महानगरीय प्रहरी वृत बालाजुका अनुसार  ट्रिपर तीव्र गतिका कारण दुर्घटना भएको हो | 

टिप्पर सडकबाट ५० मिटर तल आलुबारीमा खसेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!