टोखामा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

Posted on: 27 Dec, 2019

पुस ११, काठमाडौं | काठमाडौंको  टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ | महानगरीय प्रहरी वृत्तका अनुसार स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो |

उनी बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् | छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् | प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्‍याएका थिए तर अस्पतालले मृत घोषिट गर्यो |

रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीको भनाइ छ | त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम गरेपछि पौडेलको अन्त्येष्टि गरिसकिएको जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!