बलात्कारका आरोपित सिद्धबाबा :अदालतभित्र बयान,बाहिर भजनकिर्तन

Posted on: 27 Dec, 2019

पुस ११, सुनसरी | सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै अनुयायी माथि बलात्कार गरेको आरोप लागेको थियो | जिल्ला अदालत सुनसरीले न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा थुन क्षेक बहस चलाएको छ |

श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलका अनुसार सरकारी वकिल कार्यालयले उक्त बिषयमा  बिहिबार जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो | शुक्रबार अश्पतालले उनलाई अदालतमा उपस्थित गराएको छ |

उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियू विराट नर्सिङ होमबाटै पक्राउ परेका थिए | अदालतमा बयान चलिरहेका बेला बाहिर भने उनका अनुयायीहरूले प्रदर्शन गरिरहेका छन् | सिद्धबाबाको जय हो, सिसाको घरमा बस्नेले अर्काको घरमा ढुंगा हान्न हुन्न,जस्ता नारा लगाउँदै उनका भक्तजनहरुले भजन कृतन् गरेका छन् |

भक्तजनहरुको प्रदर्शन भएकाले अदालत बाहिर शुरक्षा व्यवस्था कडा बनाएकोछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!