रामेछाप जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा

Posted on: 30 Apr, 2016

बैशाख १८, प्रज्वल पौडेल, रामेछाप ।

रामेछाप जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । दायित्व र शान्ति र विकासका लागि युवा साझेदारी नेपालको सहकार्यमा शनिबार सदरमुकाम मन्थली भएको एक कार्यक्रमका विच उद्यमीहरुको घोषणा गरिएको हो ।

ysp
nepal 1

जिल्लामा विभिन्न स्थानमा उद्यमी गरेर रहेर कृषि तथा उद्योगको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुबाट कार्यक्रममा विभिन्न चरण पार गर्दै आएका  उत्कृष्ट २० उद्यमीहरुको स्थलगत अनुगमनपछि उत्कृष्ट १० उद्यमीको छनौट गरिएको नविन उद्यमी खोज तथा प्रवर्धन कार्यक्रमका व्यवस्थापक श्रीधर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ठ १० उद्यमीमा विना प्रधान, भानुभक्त श्रेष्ठ, दिनेशकुमार कार्की, हरीमाया लामा मोक्तान, हिरालाल श्रेष्ठ, राङदान तामाङ, सन्तोष श्रेष्ठ, सावित्रा घिमिरे दाहाल, युवराज श्रेष्ठ र श्यामकुमार थापामगर रहनुभएको छ । 

कार्यक्रममा उत्कृष्ठ उद्यमीहरुलाई जिल्ला विकास समितिका कार्यक्रम अधिकृत दीपक सुवेदीले २५ हजार नगद सहित सम्मान गर्नुभएको थियो । उद्यमीहरुलाई व्यवसाय प्रवर्धनको लागि आगामी दिनमा आवश्यक सहयोग गरिने संस्थाले जनाएको छ । 

ysp nepal 3

यस बिषयमा तपाइको प्रतिक्रिया...!