दार्चुलाको चमेलिया नदीमा एक विद्यार्थी मृत फेला

Posted on: 14 Feb, 2020

फागुन २, दार्चुला | दार्चुलाको चमेलिया नदीको किनारमा एक विद्यार्थी मृत भेटिएका छन् | बिहीबार जिल्लाको मार्मा गाउँपालिका वडा न –३ मा पर्ने चमेलिया नदी किनारमा १८ वर्षीय अनिल टमटा मृत भेटिएका हुन |

उनी मार्मा गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा कक्षा १२ मा अध्यन गर्दै आएका थिए | भिरबाट चिप्लेर चौलानी नदीमा खसेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाको अनुमान छ |

शवलाई नदी किनारबाट निकालेर पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!