नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Posted on: 28 Feb, 2020

फागुन १६, नवलपरासी | नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ | जिल्लाको देवचुली नगरपालिका-१३ कैलाश चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो | 

 मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले बताएका छन् | मोटरसाइकलमा सवार १९ वर्षीय प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मृत्यु भएको पप्रहरीले जनाएको छ | 

दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु ३ त ४८३३ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ना५५प ३१६४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो | ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!