संसारमा एक सेकेण्डभित्र यस्ता घटनाहरू हुन्छन्

Posted on: 28 Feb, 2020

फागुन १६, एजेन्सी | समय हरेक पटक परिवर्तनशील छ | एक सेकेन्डको समयलाई मानिसले खासै वास्ता गर्दैन | तर, विश्वमा एक सेकेण्डमा विभिन्न घटनाहरू भइरहेका हुन्छन् | एक-एक पलमा हरेक घटनाहरु घटिरहेका हुन्छन |

एक अध्ययनका अनुसार एक सेकेण्डभित्र ९ सय २६ रुख काटिन्छन् | एक सेकेण्डमा ३ जनाको विवाह हुन्छ भने १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् | हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ भने ६ बच्चाहरूले जन्म लिन्छन् |

एक सेकेण्डमा मानव शरीरका ९ सय २६ कोशिकाहरू मर्दछन् भने १ लाखभन्दा बढी रासायनिक प्रतिक्रियाहरू शरीरमा देखा पर्छन् | एक सेकेण्डमा २ सय किलो फोहोर समुन्द्रमा बगाइन्छ भने अमेरिकामा मात्र २ हजार पाउन्ड भन्दा बढी खाद्यान्न फ्याँकिन्छन् |

पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ भने अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट भइरहेका हुन्छन् | एक सेकेन्डमा मौरीले आफ्नो पखेटा २ सय ७० पटक पल्टाउँछ। एक सेकेन्डमा १० हजार ५ सय कोकाकोलाको क्यानहरू बिक्री हुन्छन् |

विश्वभर एक सेकेन्डमा ४१ हजार फेसबुकमा स्टेटस अपडेट गरिन्छ | बिल गेट्स प्रत्येक एक सेकेन्ड २ सय ५० डलर कमाउँछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!