यस्तो छ मौसम पूर्वानुमान:कुन-कुन ठाउँमा बर्षा ?

Posted on: 13 Mar, 2020

फागुन ३०, काठमाडौँ | नेपालमा पश्चिमी वायूको प्रभावका कारण देशको पश्चिमी तथा मध्य भू-भागमा बदलि रहेको छ भने केहि स्थानहरुमा आंशिक बदलि रहेको छ | शुक्रबार देशका विभिन्न स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ रहेको छ | शनिबार पनि देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ भने, केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ |

आगामी २४ घण्टामा देशका पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा बर्षा, हिमपात,मेघगर्जन/चट्याङ्ग र असिना/हावाहुरीको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!