प्रम साँझ अस्पतालबाट निवास फर्कने

Posted on: 13 Mar, 2020

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुनुहुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिनुभयो । 

‘‘ प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’’, उहाँले भन्नुभयो । यसअघि मिर्गाैलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी  समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसक्नुभएको छ ।  प्रधानमन्त्री ओली यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको  फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!