कोभिड १९: वनका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने

Posted on: 23 Mar, 2020

चैत १०, काठमाडौँ | कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा  निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ । 

महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी गर्नुभएको  विज्ञप्तिमा   २२ हजार २६६ महासङ्घसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रुपमा प्रयोग गर्न सक्ने जनाइएको छ ।महासङ्घको प्रदेश नम्बर १ मा १२४, प्रदेश नम्बर २ मा ५५, वाग्मती प्रदेशमा २६८ गण्डकी प्रदेशमा २१६, प्रदेश नम्बर ५ मा ३११, कर्णाली प्रदेशमा ८४, सुदूरपश्चिम प्रदेशमा ३४० भवन रहेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!