जाजरकोट र रोल्पाका १९ मजदूर मेलम्चीमा अलपत्र

Posted on: 10 Apr, 2020

चैत २८, मेलम्ची | सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि  ल्याइएका उनीहरु ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् ।

 मेलम्ची १० मा बस्दैआएका उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन् । अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन् । ‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपत्को समयमा सम्पर्कविहीन भएकाले अलपत्रमा परेका छौँ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भन्नुभयो, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ ।’ उहाँले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको पनि बताउनुभयो । 

ठेकेदारका खोजीमा प्रहरी कार्यालयसम्म पुग्दा पनि केही नभएको उनीहरुको गुनासो छ । मेलम्ची १० का वडाध्यक्ष भक्तबहादुर कार्कीले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया शुरु भएको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!