थप दुई जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 13 May, 2020

वैशाख ३१, काठमाडौँ | धनुषामा थप दुई जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको शंख्या २१९ पुगेको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 

मंगलबार प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको थियो । हालसम्म प्रदेश २ अन्तर्गत पर्सामा ५७, धनुषामा चार, महोत्तरीमादुई र बाराका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । 

कूल सङ्क्रमितमा तीन जना भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित छन् । त्यसैगरी बारा र रौतहटमा तीन/तीन जना संक्रमित छन् । सर्लाही र सप्तरीमा पनि एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठ जिल्लामध्ये सिरहामा भने अहिलेसम्मको कसिला सङ्क्रमण देखिएको छैन ।

कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा मङ्लबार मात्र २११ जनाको पिसिआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । मङ्गलबारसम्म प्रदेश २ मा तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!