सूचना लुकाउने घरबेटीलाई कारवाही

Posted on: 17 May, 2020

जेठ ४, काठमाडौँ | बूढानीलकण्ठ नगरपालिका वडा नं १३ ले वडाभित्र काठमाडौँ उपत्यका बाहिरबाट आएका व्यक्तिको सूचना लुकाउने घरबेटीहरुलाई कारवाही गर्ने भएको छ ।  

वडा कार्यालयले आज सूचना जारी गरी होटल र भट्टी पूर्णरुपमा बन्द गर्न आह्वान गर्दै खाद्यान्न पसल बिहान  ९ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न दिइने बताएको छ । 

साथै सबै खाद्यान्न, मासुजन्य र तरकारी पसलमा मूल्यसूची ग्राहकले देखिने गरी टाँस गर्न पनि अनुरोध गरिएको छ ।

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!