थप ४७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

Posted on: 18 May, 2020

जेठ ५, काठमाडौं । नेपालमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । 

आज थपिएको मध्ये ४६ जना पुरुष र एक महिला छन् ।  यो संगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!