नेपालमा कोरोना संक्रमितको शंख्या ४४४ पुग्यो, पछिल्ला संक्रमितहरु बिभिन्न तीन जिल्लाका

Posted on: 21 May, 2020

जेठ ८, काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको पुष्टि गरेको छ । बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार पछिल्ला संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका  पुरुषहरु रहेका छन् । 

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा हाल बिभिन्न ३८ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!