चीनको सैनिक बजेटमा ६.६ प्रतिशत वृद्धि

Posted on: 22 May, 2020

जेठ ९, बेइजिङ (रासस–एएफपी) | चीनले सन् २०२० मा सैन्य बजेटमा ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो । 

संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य बजेट रहेको चीनले यस वर्षका लागि १ खर्ब ७८ अर्ब अमेरिकी डलर बजेट व्यवस्था गरेको छ । 

चीनले केही वर्षदेखि सैन्य खर्चमा कटौती गर्दै आएको छ । गत वर्ष चीनको सैन्य बजेटमा ७.५ प्रतिशत वृद्धि गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!