नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

Posted on: 30 May, 2020

जेठ १७, दैलेख | दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । 

यही जेठ ७ गते भारतबाट आएका उहाँसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताउनुभयो । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उहाँ पहिलो हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!