नेपालमा कोरोना संक्रमित ४ हजार कटे, आज संक्रमित कहाँका कति ?

Posted on: 09 Jun, 2020

जेठ २७, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ८५ पुगेको जनाए । 

हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ जना रहेको छ । पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेको संख्या ९६ जना रहेको छ । जसमा महिला ८ जना रहेका छन् भने ८८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमा कोभिड १९ अस्पताल जनकपुरबाट ३० जना धनुषा जिल्लाका, कोभिड १९ युनीफाईड कमाण्ड अस्पताल बलम्बुबाट काठमाडौँका १ जना महिला डिस्चार्ज भएकि छन् । त्यस्तै कोहलपुर आइसोलेसन सेन्टर बाँकेबाट २२ जना, राप्ति सोनार आइसोलेसन सेन्टरबाट बाँकेका ७ जना पुरुष, बिपी अस्पताल धरानबाट झापाका २८ जना पुरुष, कोरोना बिशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष, जिल्ला अस्पताल दैलेखबाट दैलेखकि एक महिला रहेकी छन् । 

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ नमुना परीक्षण भएका छन् । त्यस्तै पीसीआर विधिबाट भने हालसम्म १ लाख ६ हजार ३३१ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६५ हजार ७७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ४८७ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, चितवन र स्याङ्जामा एक/एक गरी १५ जनाको मृत्यु भएको छ ।

मंगलबार संक्रमित हुनेहरु कहाँका कति ? 

आज संक्रमित: २९२ जना पुरुष ३१ जना महिला 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर - ३ जना 

कोशी अस्पताल प्रयोगशाला - (इलाम) का १ जना पुरुष

बिपी केएचएस धरान - सुनसरीका १ जना, सप्तरीका ६ जना 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुर - (चितवनका २४ जना, नवलपुरका ३ जना, धादिङका १ जना, कपिलवस्तुका १ जना र सप्तरीको १ जना) सहित ३० जना 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा -  (म्याग्दीका १ जना, नवलपुरका १२ जना, बागलुङ ११ जना) गरि कुल २४ जना 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर - (धनुषाका २१ जना, महोत्तरीका १९ जना, सर्लाहीका १ जना) गरि कुल ४१ जना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ - दाङका ६ जना 

भेरी अस्पताल प्रयोगशाला - बाँकेका ९ जना 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान - जुम्लाका २ जना 

सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी अन्वेषण प्रयोगशाला- (सल्यानका १२ जना र सुर्खेतको ४ जना) गरि १६ जना 

सेती प्रादेशिक अस्पताल - (दार्चुलाका १० जना, कंचनपुरका १९ जना, डडेलधुराका ७ जना र कैलालीका १ जना) गरि ३७ जना 

प्रादेशिक अस्पताल रुपन्देही - (रुपन्देहीका २० जना र कपिलवस्तुका २ जना) गरि २२ जना 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु - (धनुषाका २४ जना, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासी पश्चिममा १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना र सर्लाहीका १६ जना र सिराहाका १२ जना) गरि कुल १२५ जना 


यस बिषयमा तपाइको प्रतिक्रिया...!