नवलपुर र पर्वतमा थपिए २१ संक्रमित, गण्डकीमा संक्रमितसंख्या २४७ पुग्यो

Posted on: 17 Jun, 2020

असार ३, पोखरा | नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्ष उमेर समुहका र मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् । यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत गरि पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!