फलेवास नगरपालिका वडा ११मा रोपेको खेत माथी डोजर लगाइयो

Posted on: 05 Jul, 2020

असार २१, पर्वत । फलेवास नगरपालिका वडा ११ मा रोपेको खेत माथी डोजर लगाउदा असार मासा रोपेको धानमा क्षती हुनुका साथै जग्गा वाला यामु पाण्डे र बालाकृष्ण पाण्डेको आदि हल्को मेलोमा नै नगरपालिकाले नियत बस जबर्जस्ति डोजर लगाइएको भन्दै न्याय खोज्न फलेवास नगरपालिका हुँदै जिल्ला स्तरमा पहल गर्दा समेत न्याय नपाएको गुनासो पीडितले गरेका छन् ।

यामु एकल महिला हुन भने बालाकृष्ण समाजमा न्यून आए स्तर भएका हुन ,उनिहरुको आर्थिक उपार्जनका लागि त्यति  खेत मात्र थियो । उनको त्यही खेतमा रोपेको धानमा डोजर लगाए पछि कुनै बिकल्प नभएको भन्दै हार गुहर गरेकी छन।उनीहरुको जग्गामा पहिला पनि मदिराको तालमा रातिमा डोजर लगाइ गाबिसको रोहवरमामा उनीहरुको जग्गा नखन्ने सर्तमा सहमती भै सकेको थियो ।

नगरपालिकाले नै जबर्जस्ति रोपो माथी डोजर लगाइ दिए पछि न्यायको आस मरेको यामु पाण्डे गुनासो गरेकी छ्न।उन्ले थपिन नगरपालिकाले कृषिलाइ प्राथमिकता दिएको भने पनि रोपेको धान माथि डोजर चलाइनु कत्तिको न्यायोचित हुन सक्छ स्थानीय तहले हुदा खानेहरुलाइ नै सक्न लागि परेको भन्दै उन्ले आफ्नो क्षतिपुर्ति सहित खनिएको जग्गा जस्ताको तेस्तै हुनु पर्ने माग राखेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!