रामेछापको खिम्ती पहिरोको जोखिम

Posted on: 24 Jul, 2016

प्रज्वल पौडेल | साउन ९,रामेछाप  । रामेछाप जिल्लाको खिम्ती गाविस ९ गैरीका ६२ घरधुरी पहिरोको जोखिममा परेका छन् । गाउँ माथिको कोप्लेखर्कबाट गतवर्षबाट झरेको पहिरो यो वर्ष झन् बढेपछि स्थानीय धमाधम घर छाडेर सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

भुकम्प जमिन धाँजा परेको कारण यो वर्ष पहिरो जाने क्रम बढेको स्थानीय भोजराज कडरियाले बताए । तामाङ र रिजाल जातिको बाहुल्यता रहेको बस्तीमा आउने खानेपानीको मुहान र पाइप पहिरोले बगाएपछि गाउँमा पानीको हाहाकार भएको स्थानीय ध्रुव रिजालले बताए । पहिरोले स्यापखोला मुहान बगाएपनि स्थानीय निकायले खानेपानीको कुनै विकल्प नखोजेको अर्का स्थानीय मुकुन्द रिजालले गुनासो गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!