गौर नगरपालिकामा अबैध रुपमा मदिरा उत्पादन गर्नेहरु पक्राउ

Posted on: 24 Jul, 2016

अभिमनु पटेल । साउन ९, रौतहट । गौर न.पामा घरेलु मदिरा घरभित्र लुकाएर संचालन गर्दै आएको ३ जना उत्पादन कर्ता र समान समेत पक्राउ गरि मदिरा नष्ट गरेका छन ।

जिल्लाका सदरमुकाम गौर न.पा वार्ड नं ८ स्थित मनोज पटेल , जैकी रानामगर र रबिन्द्र बस्नेतको घरमा अबैध तरिकाले घरेलु मदिरा भट्टी संचालन गरि राखेको प्राप्त सुचनाकाे अधारमा आज विहानै ६:०० काे बेला जिल्ला प्रहरी कार्यालयबाट प्र.नि समेतको टोली गई तयारी ६०० लि , कच्चा पर्दाथ २०० लि. , सिलव भाडा ८ , ड्रम २ र साना ३६ ड्रम समेत बराम गरि संचालक मनोज पटेल सहित  लाई नियन्त्रणमा लिइ कार्यालयमा थप अनुसन्धान कार्यका लागि राखेरकाे छ ।

विगत केही दिन देखि उत्पादन गर्दै आइरहेका भठ्ठीहरु बाट पक्राउ गरेका अबैध घरेलु मदिरालाई जिल्ला प्रहरी कार्यालयल भित्र रहेका पोखरी नजिक खाल्डो खनि पत्रकार , नागरिक समाज , समाजसेवी , बुद्धिजीवी र राजनीतिक दलका अगुवाइमा आज सबै मदिरा नष्ट गरिए सहायक प्रहरी उपरीक्षक नवीन कृष्ण भण्डारीले बताएका छन ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!