नारायणीमा जलस्तर सर्तकता तहसम्म पुग्ने, उच्च सतर्कता अपनाउन आग्रह

Posted on: 24 Jul, 2020

साउन ९, काठमाडौं । शुक्रबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सामान्य बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव स्थिर छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै छ ।

आज नारायणीमा बहाव बढेर सतर्कता तहसम्म पुग्नसक्ने तर खतरा आसपास हुने सम्भावना रहेको छ । त्यसैले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आगामी ३ दिन कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!