बडिगाड खोलाले झोलुङ्गे पुल बगायो

Posted on: 26 Jul, 2016

साउन ११, गुल्मी । गुल्मीको मुसिकोट गाविस र वामी गाविसबीच जोड्ने झोलुङ्गे पुल बडिगाड खोलाले बगाएको छ । 

मुसिकोट गाविस–६ ताल्तुङ र वामी गाविस–१ को सुदीमा रहेको झोलुङ्गे पुल अविरल वर्षासँगै बडिगाड खोलामा आएको बाढीले आज बिहान उक्त झोलुङ्गे पुल बगाएको स्थानीय समाजसेवी जनकबहादुर खत्रीले जानकारी दिए । 

यस झोलुङ्गे पुल हुँदै गुल्मी तथा बागलुङका गरी झन्डै एक दर्जनभन्दा बढी गाविसको आवतजावतमा प्रत्यक्ष समस्या पु¥याएको छ । झोलुङ्गे पुल टुटेसँगै मुसिकोटवासी र वामीटक्सार बजारमा पढ्ने विद्यार्थी, सर्वसाधारण, खेती किसानी, व्यापार व्यवसाय गर्ने लगायतको दैनिकीमा पुल टुटेसँगै आवतजावतमा थप कष्टकर बनेको छ । 

विसं २०१८ पछिकै बडिगाड खोलाको बाढी ठूलो र उच्च भएको स्थानीयवासीको भनाइ छ । खोलाले गुल्मीको मुसिकोट गाविस वडा नं ६ र ७ का आधा दर्जन किसानको खेत कटान गर्दा सयौँ मुरी फल्ने धान समेत बगाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!