काठमाडौँमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Posted on: 10 Aug, 2020

साउन २६, काठमाडौं । कोरोना भाइरस को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

सोमबार काठमाडौं उपत्यकामा ४३ जना कोरोना संक्रमित भेटिएका छन् । 

काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । सोमबार देशभरमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!