डडेल्धुरामा स्थानीय तह पुर्नसंरचनाबारे छलफल

Posted on: 26 Jul, 2016

ललित बोहरा/साउन ११ डडेल्धुरा । गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकन अन्तर्गत डडेल्धुरामा मङगबार कार्यालय प्रमुखहरु एवंम गाविस सचिवहरु संगको परामर्श गोष्ठी सम्पन्न गरिएको छ । 

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको कार्यतालीका अनुसार मङगबार परामर्श गोष्ठी आयोजना गरि छलफल गरिएको समितिका सदस्य सचिव एवम् जिल्ला विकास समिति डडेल्धुराका योजना अनुगमन तथा प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताएका छन । 

यसैगरि बिहिबार राजनितिक दल र जनप्रतिनिधिहरु संग परामर्श कार्यशाला गरिने र साउन १४ गते नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरु संग परामर्श गोष्ठी गरिने भएको छ । सोही क्रममा १५ र १७ गते स्थानीय तह परामर्श कार्यशाला गोष्ठी आयोजना गरिने र २० गते जिल्ला स्तरीय अन्तिम परामर्श कार्यशाला गोष्ठी गरिने जनाईएको छ । 

स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले तोके अनुसार सरोकारवाला संग छलफल गरेर स्थानीय तहको सीमांकन र नामांकनको काम आइतबार देखि थालनी भएको थियो ।

गीएको छ  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!