हत्याको आरोपमा दुई पक्राउ ।

Posted on: 23 Aug, 2020

भदौ ७, नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय  अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ  ।  यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय  पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । 

  विवादका कारण  गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!