पछिल्लो २४ घण्टामा काेराेनाका १४९७ सङ्क्रमित थपिए

Posted on: 24 Sep, 2020

असोज ८, काठमाण्डाै ।  नेपालमा गएको २४ घण्टामा एक हजार चार सय ९७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक पुगेकाे छ ।

गएको २४ घण्टामा ११ हजार चार सय ४९ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार चार सय ९७ जनामा सङ्क्रमण देखिएकाे हाे ।

बितेको २४ घण्टामा चार सय ५७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५० हजार चार सय ११ जना पुगेको छ ।  

अब नेपालमा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!