पर्वतमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण

Posted on: 20 Oct, 2020

पर्वतको महाशिला गाउँपालिकामा थपिएका कोरोना संक्रमितमा स्वास्थ्यकर्मी र कन्ट्रयाक्ट ट्रेसिङमा पहिचान भएका ब्यक्ति रहेका छन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको महाशीला गाउँपालिका ३ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो ।


संक्रमण पुष्टि हुनेमा महाशिला वडा नं ५ का ४७ र ३९ वर्षका दुई पुरुष, वडा नं. ३ वालाकोटका एक जना ५९ वर्षिय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यस मध्ये एक जना महाशिला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र एक जना कन्ट्रयाक्ट ट्रेसिङ्गमा पहिचान भएका ब्यबसायी रहेका छन । अर्का संक्रमित पुरुष भने भारतीय सेनामा कार्यरत रहेको र उनी होम क्वारेन्टाईनमा रहेको डिसीसिएमी पर्वतले जनाएको छ । स्वास्थयकर्मी र थप एक जना समुदायका ब्यक्तिमा कोरोना पुष्टि भएपछि महाशिलामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ ।


त्यसैगरी आजै पर्वतको मोदी गाउँपालिका ७१ वर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी पोखरामा सिटी अस्पतालमा उपचारका लागि पुगेको समयमा परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यो सँगै पर्वतमा कोरोना संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!